डडेल्धुरा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न

डडेल्धुरा, असार २७ ।  राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत डडेल्धुरा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय डडेल्धुरा, सुदूरपश्चिम प्रदेश र जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा सनिवार आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

राष्ट्रिय खाेप कार्यक्रमकाे उदधाटन जिल्ला समन्वय समितिका प्रमुख गगन सिह भन्डारीले गर्नु भएकाे थियाे ।

कार्यक्रममा जिल्लाभरका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै आवश्यक खोप प्राप्त गरेको पुष्टि भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको आयोजकले जनाएको छ ।

समारोहमा नगरपालिका प्रमुख , उपप्रमुख गाउँपालीकाका प्रमुख र उपप्रमुखहरु र सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा खोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र पालीकाका स्वास्थ शाखा प्रमुखहरुलाई सम्मान पनि गरिएकाे थियाे ।
स्थानीय श्राेत उपयाेग स्वामित्व र सहभागीता पुर्णखाेप सुनिश्चितता हाम्रो प्रतिबद्ता भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी दिनमा पनि प्रत्येक बालबालिकालाई समयमै खोप सुनिश्चित गरी पूर्णखोपको अवस्थालाई दिगो बनाइराख्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको कार्याक्रममा सहभागी वक्ताहरूले जोड दिएका छन ।
स्वास्थ्य कार्यालय डडेल्धुराले नियमित खोप सेवामा सबै अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै खोप केन्द्रमा ल्याई राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । साथै, खोपले बालबालिकालाई विभिन्न सरुवा रोगबाट जोगाई स्वस्थ र सुरक्षित भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ कार्यालय डडेल्धुराकाे भनाई छ ।

Loading...