सक्रिय आमा समूहद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, २५६ जनाले लिए सेवा

काठमाडौं । सक्रिय आमा समूहको आयोजनामा तथा VISION CONCERN EYE CLINIC & OPTICAL को सहयोगमा आज २०८३ साल असार २७ गते काठमाडौं महानगरपालिका–६, बौद्ध महाङ्कालमा एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।


शिविरमा स्थानीयवासी तथा ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । शिविरमार्फत २५६ जना सेवाग्राहीको निःशुल्क आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ सोही क्षेत्रका स्थानीय तथा ९५ वर्षीय ज्येष्ठ नागरिक दम्पती गजुरेलको आँखा परीक्षण गरेर गरिएको थियो । ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रदान गरिएको यस कार्यक्रमले समुदायमा आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै परीक्षण गराउने बानीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ ।
सक्रिय आमा समूहले शिविर सफल बनाउन सहयोग पुर्‍याउने VISION CONCERN EYE CLINIC & OPTICAL, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीयवासी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
आगामी दिनमा पनि समुदायको स्वास्थ्य, सामाजिक सेवा तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिँदै यस्ता सेवामूलक अभियान सञ्चालन गरिने सक्रिय आमा समूहले जनाएको छ ।

Loading...