दोलखा । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि दोलखाका समाजसेवी शोभित उप्रेतीले १५ लाख रुपैयाँ सहयोग गरेका छन ।
दोलखाको शैलुङ–८ निवासी उप्रेतीले एसएस फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख रुपैयाँ सहयोग गरेका हुन ।
बाढी तथा पहिरोका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ। सरकारले समेत बाढी प्रभावित स्थानीय तहमा राहत तथा उद्धारका लागि ठूलो रकम परिचालन गरिरहेको छ ।
समाजसेवी उप्रेतीको यो सहयोग विपद्को कठिन समयमा प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले गरिएको हो। उहाँले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउनुभएको जनाइएको छ ।
**विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै १५ लाख रुपैयाँ सहयोग गरेका हुन ।
- Facebook Comments
- Comments