डा. डिबी सुनारद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

डडेल्धुरा  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित डा. डिबी सुनारले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
पार्टी कार्यालय साँफेबगरमा आयोजित विशेष कार्यक्रमबीच डा. सुनारले आगामी १५औँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।
महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित गराएकोमा अछाम क्षेत्र नम्बर १ का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै उहाँले पार्टीमा युवा सहभागिता, सशक्त प्रतिनिधित्व र जिम्मेवार नेतृत्व स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘युवा सहभागिता, प्रतिनिधित्व र जिम्मेवारी’ भन्ने मूल नारासहित आफूले उम्मेदवारी दिएको बताउँदै डा. सुनारले नेपाली कांग्रेसलाई थप सुदृढ, समावेशी र गतिशील बनाउन युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउनुभयो।
उहाँले पार्टी संगठन विस्तारसँगै राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई थप मजबुत बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

Loading...