नवलपरासी (बर्दघाट सुस्ता पूर्व), असोज १७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा एक यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको हो। सशस्त्र प्रहरी बलका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनाको समयमा चालकसहित बसमा कुल १८ जना सवार थिए। जसमध्ये २ जना भने पूर्ण रूपमा सकुशल रहेका छन्।