विदुरमा निःशुल्क स्वास्थ्य शिविर, २६० जनाले लिए विशेषज्ञ चिकित्सकको सेवा

काठमाडौ  । लायन्स क्लब अफ काठमाडौं सामाखुशीको आयोजनामा नुवाकोटको विदुर नगरपालिका–४ बट्टार घण्टाघरस्थित सहरी स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
टिचिङ हस्पिटल महाराजगन्ज र मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सञ्चालन गरिएको शिविरमा महिला १७७ र पुरुष ८३ गरी २६० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन ।

शिविरमा स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्शसँगै ९९ जनाको इसिजी र १३५ जनाको युरिन तथा ब्लड सुगर परीक्षण गरिएको थियो ।

बिहान १० बजेदेखि सुरु भएको शिविर बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो। शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श पाएपछि स्थानीय सेवाग्राही लाभान्वित भएका छन ।


स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकको सेवा तथा विभिन्न स्वास्थ्य परीक्षण निःशुल्क रूपमा उपलब्ध गराइएको कार्यक्रमले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन तथा समयमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

Loading...