सिंहदरबार भित्रै बालशोषण, महानगरले गर्यो पाँच बालबालिकाको उद्धार

काठमाडौं । सिंहदरबार भित्रै रहेका तीनवटा मन्त्रालयका क्यान्टिनबाट काठमाडौं महानगरपालिकाको टोलीले बालबालिकाको उद्धार गरेको छ ।

 

बुधबार सिंहदरबारभित्र रहेका सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत पाँच जना बालबालिकालाई उद्धार गरेको हो।

पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो । तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ ।

यसअघि महानगरले विभिन्न ठाउँमा श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो । महानगरले उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रमा राख्दै आएको छ । 

 

 

Loading...