अछाम । अछाममा जिप दुर्घटना भएको छ।
जिल्लाको कमलबजारदेखि मङ्गलसेन जाने क्रममा मानसैनमा जिप दुर्घटना भएको हो।
सडक निर्माण गर्ने क्रममा लु २ च ५९५६ नम्बरको जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
जिपमा चालक मात्र सवार थिए। जिपको अगाडिको भागमा क्षति पुगेको छ।
घटनाबारे पूर्ण विवरण भने आउन बाँकी छ।