डडेल्धुराः डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन्।
जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकै साथ बिरामी परेका हुन ।
जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीका अनुसार (हिजो) बिहीबार गाउँमा रोपाइँ गर्न गएका मानिसहरूले खाना खाँदा सबै बिरामी परेका हुन ।

रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको उनले बताए। अस्पतालमा अहिले २० जनाभन्दा बढी मानिस उपचार गराइरहेका छन् भने ७ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए।
उनका अनुसार फुड पोइजनबाट यस्तो समस्या देखापरेको जस्तो देखिएता पनि ल्याव टेस्टबाट मात्र रोगको पहिचान हुनेछ।