मंगलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध

अछाम । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मंगलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकको ठूलासैन नजिकैको चिण्डे वनमा पहिरो खस्दा मंगलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मंगलसेन नगरपालिकासँग समन्वय भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

 

Loading...