डडेल्धुरामा धेरै विकास भएको छ : कांग्रेस प्रवक्ता महत

डडेल्धुरा । पुर्व अर्थमन्त्री एवं कांग्रेस प्रबक्ता प्रकाश शरण महतले डडेल्धुरामा अरु जिल्लाको भन्दा धेरै विकास भएको दावी गरेका छन ।
सोमबार जिल्ला सदरमुकाम डडेल्धुरामा नेपाल प्रेस यूनियन जिल्ला शाखा डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले डडेल्धुरामा हरेक क्षेत्रको बिकास भएको बताएका हुन ।
डडेल्धुराका हरेक पालिकासम्म सडक सञ्जाल पुगेको,ग्रामीण सडकहरू कालोपत्रे भएको,खानेपानी,शिक्षा,स्वास्थ्य लगायत अन्य पुर्वाधारको पहुँच पुगेको र यो विकास हुनुमा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको योगदान रहेको बताए ।
खानेपानी,मेडिकल कलेज,दैजी जोगबुढा सडक,एयपोर्टको सम्भाब्यता अध्ययन,बागबजार-कृतिपुर सडक बिस्तार पश्चिम सेती आयोजना,पञ्चेश्वर आयोजना लगायतका आयोजना अगाडी बढाइएको जिकिर गरे ।

उनले थोरै समयमा सरकार परिवर्तन भइरहने अवस्था बाट मुलुकलाई स्थिरता कायन गर्न, देशमा अन्योलको परिवेशलाई चिर्न आर्थिक अवस्थालाई सकारात्मक लाइनमा ल्याउन, काँग्रेस एमाले गठबन्धन बनेको दाबी गरे ।
महतले जनतालाइ अफ्ट्यारोमा नपार्ने, देश र जनतालाइ केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने प्रतिबद्ध सहित बर्तमान गठबन्धनले सातबुँदे सहमति गर्दै आगामी निर्वाचनसम्म सँगै अगाडी बढने बताए ।

देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण र भ्रस्टाचारीलाइ जेल हाल्ने सवालमा भुटानी शरणार्थी काण्ड,गिरिबन्धु टि स्टेट,बाँसबारी जग्गा ब्यक्तिको नाममा राख्ने लगायतका अनियमितता गर्ने माथी कारबाही हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा सञ्चारकर्मीको प्रश्नमा कानुनमा जे छ तेइ हुने उनले बताए ।

Loading...