छैटौपटक चुनाव जितेर गएपछि दुई वर्षमा जिल्ला फर्किएका देउवाको भव्य स्वागत

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा  छैटौपटक चुनाव जितेर गएको दुई वर्षपछि जिल्ला फर्किए सगै गृहजिल्ला डडेल्धुराको सदरमुकाममा बाजागाजा सहित सो पार्टीका नेताकार्यकर्ताले भव्य स्वागत गरेका छन ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुने कार्यक्रम रहेको जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिनु भयो ।

यस्तेै नेपाली कांग्रेसका माहासमिति सदस्य गोविन्द राज बोहराले जनतासग आफनो माया बढाउनकालागि यस क्षेत्रको समस्या बुझनको लागि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको यो भेटघाट कार्यक्रम रहेको बताउनु भयो ।

उहाँका अनुसार देउवाले कात्तिक २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुने माहासमिति सदस्य गोविन्द राज बोहराले बताउनु भयो ।

यस्तेै पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला सहभागी हुने कार्यक्रम तय भएको पनि जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिनु भयो ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किए पछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।

Loading...