डडेल्धुरा । यात्रुहरूको सहज, सुरक्षित तथा आरामदायी यात्रालाई मध्यनजर गर्दै उग्रतारा डडेल्धुरा यातायात प्रालिले डडेल्धुरा–काठमाडौं एसी लक्जरी डिलक्स बस सेवा सञ्चालनमा ल्याएकाे छ ।
लामो दूरीको यात्रा गर्ने यात्रुहरूको सुविधालाई प्राथमिकतामा राख्दै प्रालिले आधुनिक सुविधासहितको एसी लक्जरी डिलक्स बस सेवा सञ्चालन गरेको हो ।
बस सेवामा आरामदायी सिट, वातानुकूलित (एसी) सुविधा, व्यवस्थित यात्रा वातावरण तथा यात्रु–मैत्री सेवा उपलब्ध गराइएको प्रालिका अध्यक्ष मानबहादुर साउदले बताए ।
डडेल्धुरा तथा सुदूरपश्चिमका विभिन्न स्थानबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको बताइएको छ ।
यस सेवाले दैनिक यात्रा गर्ने यात्रु, विद्यार्थी, कर्मचारी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
लामो समयदेखि यात्रुको विश्वास जित्दै आएको कम्पनीले यसपटक झन् स्तरीय सेवा, आरामदायी सिट, सुरक्षित यात्रा र समयमै गन्तव्य पु¥याउने प्रतिबद्धतासहित सेवा पुनः सुरु गर्न लागेको प्रालिका अध्यक्ष मानबहादुर साउदकाे भनाई छ ।
विशेषगरी सुदूरपश्चिमबाट राजधानी आउने–जाने यात्रुका लागि यो सेवा निकै राहतपूर्ण हुने विश्वास गरिएको छ । यात्रुको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै व्यवस्थित सेवा र आरामदायी वातावरणसहित बस सञ्चालन गरिएकाे उग्रतारा डडेल्धुरा यातायात प्रालिका कार्यालय प्रमुख लक्ष्मण महराले जानकारी दिए ।
स्थानीयवासीले पनि आधुनिक सुविधा सहितको यातायात सेवा सञ्चालनले यात्रा थप सहज र आरामदायी बनेको प्रतिक्रिया दिएका छन ।
प्रालिका अनुसार जेठ ४ गतेदेखि डडेल्धुरा–काठमाडौं रुटमा अत्याधुनिक सुविधासहितको एसी लक्जरी डिलक्स बस हरेक दिन सञ्चालन हुनेछ । यससँगै सुदूरपश्चिमका यात्रुका लागि लामो दूरीको यात्रा अब थप सहज, सुरक्षित र सुविधासम्पन्न हुने भएको छ ।