धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफू राजीनामा दिने अवस्थामा पुगेको बताएका हुन् ।
सत्ता साझेदार नेकपा (एमाले) ले बजेटसम्बन्धी विवादलाई लिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि नेपाली कांग्रेसको संसदीय दलको निर्णयअनुसार शाहले राजीनामा दिने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश सरकारको बजेट पारित गर्ने विषयमा सत्ता साझेदार दलहरूबीच देखिएको विवाद अन्ततः सरकार परिवर्तनको अवस्थामा पुगेको हो ।
अब प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन् ।
- Facebook Comments
- Comments