धनगढी । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुने भएका छन् । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आह्वानअनुसार भट्टले नेकपा (एमाले) को समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन् । उनले दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले आजै उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।
नेकपा नेतृ मञ्जु बमका अनुसार भट्टलाई बिहान ११ बजे मुख्यमन्त्रीमा नियुक्त गर्ने र त्यसपछि आजै दिउँसो ३ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सम्भावना रहेको बताएकाे छ ।
सत्ता समीकरण अनुसार सरकारमा सहभागी हुने दल र मन्त्रीहरूको नाम टुंगो लगाउने विषयमा छलफल हुने नेताहरूकाे बताएका छन ।
भट्टको नेतृत्वमा बन्ने नयाँ सरकारले प्रदेशमा देखिएका राजनीतिक तथा प्रशासनिक चुनौती समाधान गर्दै विकास निर्माण र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।