राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’, ‘ख’ र क्षेत्रीय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
काठमाडौ साउन ३० । राप्रपा काठमाडौँ निर्वाचन क्षेत्र नं १ का अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्व तथा पूर्व गृहमन्त्री एवं वरिष्ठ नेता बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनले क्षेत्रीय अध्यक्षमा विनोद दवाडी, प्रदेशसभा ‘क’ अध्यक्षमा मनोज वज्राचार्य र प्रदेशसभा ‘ख’ अध्यक्षमा भिमसेन पुरीको नेतृत्वमा सम्बन्धित कार्यसमितिहरू निर्विरोध निर्वाचित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बुद्धिमान तामाङ, राप्रपा काठमाडौँ महानगरपालिका अध्यक्ष दीपक रञ्जित, नवनिर्वाचित क्षेत्रीय अध्यक्ष विनोद दवाडी, प्रदेशसभा ‘क’ अध्यक्ष मनोज वज्राचार्य र प्रदेशसभा ‘ख’ अध्यक्ष भिमसेन पुरीले आ-आफ्नो धारणा राख्नुभएको थियो।
साथै केन्द्रीय सदस्य नविन शाही लगायत उहाँहरूले पार्टीको साङ्गठनिक सुदृढीकरण, भावी कार्यदिशा र आगामी महाधिवेशनको तयारीबारे जोड दिँदै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तामाङले निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै औपचारिक प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन राप्रपाका केन्द्रीय सह-कोषाध्यक्ष शोभित उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा क्षेत्रीय महासचिव जयन्त खनाल लगायत स्थानीय तथा केन्द्रीय नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।