डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको ७औँ जिल्ला अधिवेशनबाट राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
७औँ जिल्ला अधिवेशनबाट भण्डारीको नेतृत्वमा २१ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएकाे छन । उपाध्यक्ष रामबहादुर शाह, उपाध्यक्ष गणेश भन्डारी,उपाध्यक्ष कविता जाेशी ,
सचिव लालबहादुर सेडा काेषाअध्यक्ष सागर नगरकाेटी, प्रबक्ता सुरेश ताेलाङ्गी र सदस्यामा हिक्मत सिह साउद, मदनराज पाण्डेलगाएत १२ सदस्य रहेका छन । अधिवेशनमा सहभागी नेता तथा कार्यक्रताले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएका थिय । नवनिर्वाचित जिल्ला कार्यसमितिले पार्टीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै संगठनलाई थप मजबुत बनाउने अपेक्षा कार्यक्रताहरुकाे छ ।
यसैगरी, राप्रपाका प्रदेश ‘ख’ का अध्यक्ष प्रेमचन्द्र तथा प्रदेश ‘ख’ का अध्यक्ष खेमराज पनेरुलगायत नवनिर्वाचित सम्पूर्ण प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई समेत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छन ।
कार्यक्रममा अध्यक्ष भन्डारीले बाेल्दै राष्ट्र, राष्ट्रियता, सनातन हिन्दू संस्कृति तथा राष्ट्रिय एकताको संरक्षण र संवर्द्धनका लागि अझ सशक्त, प्रभावकारी र एकताबद्ध रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छन । उनले जिल्लामा रहेका हरेक बेथितिकाे उजागर गर्ने बताएका छन ।
यस्तै अध्यक्ष भण्डारीले डडेल्धुरा तथा सुदूरपश्चिम प्रदेशमा राप्रपाको संगठन विस्तारलाई प्राथमिकतामा राखिने बताएका छन । उनले जनताको विश्वास अभिवृद्धि गर्दै पार्टीका विचार, नीति र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउन आफू नेतृत्वको जिल्ला कार्यसमितिले प्रभावकारी रूपमा काम गर्ने बताए।
भण्डारीका अनुसार आगामी दिनमा पार्टीको संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्दै जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई प्राथमिकता दिइनेछ । राष्ट्र, राष्ट्रियता, सनातन संस्कृति र राष्ट्रिय एकताको पक्षमा राप्रपाको विचारलाई जनतामाझ थप स्थापित गर्ने गरी कार्यसमिति अघि बढ्ने उनले बताएका छन ।
नवनिर्वाचित नेतृत्वले जिल्लामा पार्टीको सांगठनिक गतिविधिलाई सक्रिय बनाउँदै जनताको समस्या र अपेक्षालाई सम्बोधन गर्ने तथा सुदूरपश्चिममा राप्रपाको प्रभाव विस्तार गर्ने लक्ष्य लिएको जनाएका छन । भन्डारी दाेस्राे पटक जिल्लामा अध्यक्ष पदमा दाेहाेरियकाे हुन