अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना: चाडपर्वमा यात्रा सहज र सुरक्षित बनाइने

 

धनगढी । चाडपर्वका बेला सवारी साधन तथा बसपार्कमा हुने अत्यधिक भीडभाडलाई ध्यानमा राख्दै कैलालीको अत्तरियामा ‘यात्रु सहायता कक्ष’ (हेल्पडेस्क) सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिमका विभिन्न जिल्ला आउजाउ गर्ने यात्रुहरूको प्रमुख ट्रान्सफर प्वाइन्टका रूपमा रहेको अत्तरिया बसपार्कमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले उक्त सहायता कक्ष स्थापना गरेको हो।

चाडपर्वको समयमा सार्वजनिक यातायातबाट यात्रा गर्ने यात्रुहरूले भोग्नुपर्ने समस्या, ठगी वा अन्य असहजतालाई तत्काल सम्बोधन गर्न यो पहल गरिएको प्रहरीले जनाएको छ।

Loading...