कञ्चनपुर । महाकाली नदीमा बगेर सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक (असई) बेपत्ता भएका छन्। दोधारा चाँदनीस्थित बीओपी देवीस्थानमा कार्यरत असई सागर थारु शनिबार महाकाली नदीमा बगेर बेपत्ता भएका हुन ।
नेपाल टेलिकमको तार तान्ने क्रममा उनी नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरी बलले जनाएको छ। उक्त कार्यका लागि ६ जना सशस्त्र प्रहरीसहित सात जना बोटमा सवार थिए। सोही क्रममा असई थारु बोटबाट खसेर नदीमा बेपत्ता भएका हुन्। घटनामा संलग्न अन्य छ जना भने सकुशल रहेका छन ।
केही दिनअघि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुल चुँडिएको थियो । पुल चुँडिएपछि महाकाली नदीमा लत्रिएको थियो । पुलसँगै दोधारा चाँदनीतर्फ लगिएको इन्टरनेटको तारसमेत चुँडिएको थियो ।
चुँडिएको तार पुनः तान्ने क्रममा असई थारु नदीमा खसेर बेपत्ता भएको बताइएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
- Facebook Comments
- Comments