सुदूरपश्चिम सरकारबाट नाउपाले मन्त्री फिर्ता बोलायो

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिए । उनले सोमबार पत्र काटेरै सरकारबाट फिर्ता हुन निर्देशन दिएको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कैलाश चौधरी र कृषि तथा भूमि सुधार मन्त्री टीका थापा छन ।

तर फिर्ता बोलाइएको विषयमा मन्त्री कैलाश चौधरीले भने पार्टीको आधिकारिक पत्र आफूकहाँ नआएको बताएका छन ।

Loading...