काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई बालकोट बोलाएका छन ।
नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको चर्चा चलिरहेका बेला ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई साँझ ६ बजे आफ्नो निवास बालकोट बोलाएका हुन ।
एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन । साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालकोटमा लामो भेटवार्ता भएको थियो।