बैतडीः बैतडीमा तीन घर पहिरोमा परेका छन्। जिल्लाको दशरथ नगरपालिका–९ गुवाडाका मनध्वज रानाको घर पहिरोमा परेको हो ।
दुई तले काठ ,माटो र ढुङ्गाबाट बनेको घर पहिरोमा परी भत्कीएको छ । घरमा पुर्णरुपमा क्षति पुगेपनि मानविय तथा पशुचौपाएमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै पुर्चौडी नगरपालिका–९ डण्डीखाली दुई जनाको घर पहिरोको जोखिममा परेका छन । झुसे सार्कीको निर्माणधिन र कासि सार्कीको घरमा सामान्य क्षति पुगेको छ । निरन्तर परिरहेको अविरल वर्षाका कारण शुक्रवार झुसेको घरको आँगनबाट गएको पहिरोमा परेर कासिको घरमा क्षति पुगेको हो। उनीहरु हाल आफ्ना आफन्तको घरमा बसीरहेका छन।