डडेल्धुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन ।
यस्तै, सुदूरपश्चिमबाट नयाँ मन्त्रीको रुपमा ४ जनाले शपथ लिएका छन् । एमालेबाट एक र काँग्रेसबाट तीन जना मन्त्री भएका हुन ।
कांग्रेसबाट गृहमन्त्रीमा कञ्चनपुरका रमेश लेखक, परराष्ट्र मन्त्रीमा डडेल्धुराका डाक्टर आरजु राणा देउवा र पर्यटन मन्त्रीमा बाजुरका बद्री पाण्डेले शपथ लिएका छन ।
एमालेबाट उद्योग वााणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीले शपथ लिएका छन ।