कैलाली । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ ।
मेघराज खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खड्काले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन ।
बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाशबहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन ।
आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन । त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।
एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउँदै छ । एमाले बाट पुरानै तीन जना मन्त्री बन्ने सम्भावना रहेको छ ।