देशको आर्थिक सुधारका लागि स्थिर सरकार आवश्यक : अध्यक्ष ढकाल

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थिर सरकार नहुँदासम्म आर्थिक सुधार गर्न सहज नहुने बताएका छन ।

शनिबार धनगढीमा आयोजित कैलाली उद्योग वाणिज्य संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

यद्यपि उनले दुई ठूला दल मिलेर बनेको बर्तमान सरकारबाट केही अपेक्षा गर्न सकिने बताए ।

‘संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने अपेक्षा छ,’ उनले भने, ‘नीतिगत अस्थिरता हुने अवस्था हुनुभएन । यसमा सुधार ल्याउनुपर्छ ।’

ध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए ।

अहिने प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको भन्दै उनले प्रदेशमा पनि आर्थिक गतिविधि विस्तार हुने अपेक्षा रहेको बताए । उनले प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने उनको भनाई छ ।

कुल गार्हस्थ उत्पादनमा प्रदेशहरु मध्ये छैटौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए।

जिल्लामा रहेका साना-मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए ।

महासंघका केन्द्रीय अध्यक्ष ढकालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका थिए । कार्यक्रममा उद्योगी, व्यवसायीलगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

 

Loading...