२५औं रजत जयन्ती तथा श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा डडेल्धुरामा भजन संन्ध्या महा-महोत्सव सुरु

डडेल्धुरा । डडेल्धुरा श्री राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा  डडेल्धुरा जिल्लको सदरमुकाम  बागवजारमा २५ औं रजत जयन्ती तथा श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा भव्य “भजन संन्ध्या महा महोत्सव-२०८१” सुरु भएको छ ।

महोत्सव भाद्र ६ गतेदेखि ११ गतेसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको साथमा सम्पन्न हुनेछ ।

महोत्सवमा पुज्य कौशिक जी महाराजको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरू संचालन हुनेछन । कार्यक्रमको पहिलो दिन बिहान ५:०० बजे देखी ७:०० बजे सम्म योग विज्ञान शिविर सञ्चालन हुने छ । भजन, सत्संग र दिव्य झाँकीको विशेष कार्यक्रम विहान ११ः०० बजे देखि दिउँसो ३:०० बजे सम्म आयोजना हुने छ ।

बालबालिकाहरूका लागि विशेष बाल संस्कार शिविर पनि संचालन हुने छ, जुन साँझ ५:०० बजे देखी ७:०० बजे सम्म चल्नेछ । साँझ ७:०० बजे देखी ९:०० बजे सम्म भजन, किर्तन, र दिव्य झाँकी प्रदर्शनीको कार्यक्रम रहने छ ।

महोत्सवमा राष्ट्रिय उद्घोषक हिरालाल कडेल र कलाकार शिशिर साधकको विशेष उपस्थिति रहेका छन। आयोजक समितिले यो महोत्सवमा सम्पूर्ण भक्तजनहरूलाई सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ।  पाँच दिनसम्म चल्ने यस भव्य महोत्सवमा सहभागी भएर धार्मिक लाभ लिन आयोजक समितिले सबैलाई आग्रह गरेको छ।

Loading...