काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।
अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइ दायर गरेको रिटमा बुधबार पेसी तोकिएको थियो । बुधबार आज को पेसी सूचीमा उक्त रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा चढेको थियो । त्यही कारण रिटमाथिको सुनुवाइ स्थगित गर्न निवेदकले नै निवेदन दिएका हुन ।
न्यायाधीश सुनिलकुमार शर्माले अधिवक्ताको अभ्यासका क्रममा रविविरुद्ध कायम नै नरहेको नागरिकता प्रयोग गरी सांसद बनेको भन्दै परेको रिटमा रविका तर्फबाट बहस गरेका थिए । उनको इजलासको अन्तिम नम्बरमा रहेको रविविरुद्धको रिट अन्तिममा ‘हेर्न नमिल्ने’मा पर्ने निश्चित भएका कारण रिटकर्ताले सुनुवाइ स्थगित गरेका हुन । न्यायाधीश सुनिलकुमार पोखरेलले रविका तर्फबाट वकालत गरिसक्नुभएकाले रिटको सुनुवाइ स्थगितका लागि निवेदन दिएका हौँ,” अधिवक्ता अनुपम भट्टराईको वारेस भइ आफ्नो हकमा समेत रिट दायर गरेका अतुल विष्टले जानकारी दिएका छन । त्यसैले हामीले स्थगित गरेको विष्ट भनाई छ ।
सहकारी ठगीमा नाम जोडिएर संसद्मा समेत प्रश्न उठेपछि आफूमाथिको अभियोगबाट उन्मुक्तिका लागि गृहमन्त्री लामिछानेले महान्यायाधिवक्ता कार्यालयबाट ‘कतै पनि उजुरी र अभियोजन नरहेको’ भनेर पत्र लिएका थिए ।
संविधान र कानुनअनुसार माग्न र दिन नमिल्ने पत्रविरुद्ध परेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । रिट दर्ता नै नहुने ‘दरपिठ’ आदेशपछि रिटकर्ताले इजलासमा निवेदन लगेका थिए ।
उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ताको आदेश गरेको थियो । उक्त आदेशपछि यही जेठ १४ गते दर्ता भएको रिटमा आजको पेसी तोकिएको थियो ।