उर्लियो डोटी खोला, संकटमा घटाल थान !

डडेल्धुरा : अस्ति रातिदेखि परिरहेको लगातारको बर्षाले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थान संकटमा परेको छ ।

उर्लिएर आएको खोलाले घटाल थानमा कटान गर्दा शाैचालय तथा गोल घर बगाउने स्थितिमा पुगिसकेको स्थानीय बताउँछन ।

अमरगढी नगरपालिकको पर्यटन पूर्वाधार कार्यक्रम अन्तरगत घटाल थानमा तलाउ बनाउन बनाइएको बाँध स्तरीय नबनेको र पानी पर्दा यहाँका संरचनामा क्षति पुर्याउँदै आएको गुनासो स्थानीयको छ ।

खोलाले पोहोर साल स्थानीयका खेत बगाएको थियोे भने अघिल्लो महिना बाँधमा क्षतिसँगै शाैचालयको गेट बगाएको थियो।

Loading...