गन्यापधुरा गाउँपालिकाको २०८०/०८१ सार्वजनिक सुनुवाइ सम्पन्न

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार गाउँपालिका सदरमुकाम गणेशपुरमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रमुख वक्ता तथा अध्यक्षता गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्कीले गर्नुभएको थियो भने अन्य वक्ताहरु पालिका उपाध्यक्ष ज्ञानु सेटि देउवा,वडा अध्यक्षहरु अन्य जनप्रतिनिधि पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङ तथा अन्य बिषयगत कार्यालय तथा विभिन्न फाँटमा कार्यरत प्रमुख तथा प्रतिनिधि,राजनीति दलका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मी हरुको उपस्थितमा गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत बहादुर सिंहले गर्नुभएको थियो।
विकास सुशासन पारदर्शिता तथा जनगुनासो सुन्ने र सुनुवाइ गर्ने प्रमुख कडिको रुपमा मानिने सार्वजनिक सुनुवाइ कार्यक्रम जिल्लाका गन्यापधुरा लगायत अन्य पालिकाहरुले पनि प्रत्येक बर्ष गर्दै आइरहेका छन।

कार्यक्रममा सहभागीहरुले उठाएका विभिन्न जिज्ञासाहरु सुझाव तथा प्रश्नको जवाफ पालिका अध्यक्ष,उपाध्यक्ष तथा अन्य सरोकार वालाहरुले दिँदै जिज्ञासा हरुमाथी प्रष्ट पार्नुभएको थियो।

Loading...