बैतडी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीको पुर्चौंडी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन ।
गत असार २१ गते निर्माण सम्पन्न भएको भवनको बिहीवार मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन्। २०७७ साल मंसिर १६ गते वाइआर कन्सट्रक्सनसँग नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयाँमा सम्झौता भएको थियो ।
घटनास्थापनाको अवसर पारेर नयाँ भवनको उद्दघाटन गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए। स्थानीय तह भएपछि पुर्चौंडी नगरपालिकाले झण्डै ८ वर्षपछि आफ्नै भवन पाएको छ । यसअघि नगरपालिकाले भाडाको भवनबाट सेवा दिँदै आएको थियो ।