डडेल्धुरामा चाडपर्व सुरुभएसंगै राजमार्गमा सवारी चेकजाचमा कडाई गर्न थालेको छ । अत्याधिक सवारी चाप भइरहने भिमदत्त राजमार्गमा सवारी चेकजाँचमा कडाइ गरिएको हो ।

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला लाई जोडने एक मात्र मुख्य राजमार्ग भिमदत्त राजमार्गमा नेपालीहरुको महान चाड विजया दशमी सुरुभएसगै सवारी साधनको चापपनि बडि रहेको छ ।

चाडपर्वको बेलामा हुनसक्ने सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यलय स्याउले सवारी चेकजाचमा कडाई गरेको छ । सिट क्षमता भन्दा बढी यात्रु बोकेको, तोकिएको भाडा भन्दा बढी लिएको, तिव्र गतिमा सवारी चलाएको मादक पदार्थ सेवन गरी सवारी चलाएको सवारी साधनहरुलाई चेकजाच गरिएको ट्राफिक प्रहरी स्याउले डडेल्धुराका इन्चार्ज प्रकास धामीले जानकारी दिनु भएको छ ।
यता सवारी चेकजाच गर्ने क्रममा सवारी साधनहरुले बडि यात्रु बोकेको पाईएको थियो । हिन्दुहरुको मुख्य चाडपर्व दशैं र तिहारमा सुरक्षित यात्रा संचालन गर्ने उदेश्यले राजमार्गहरुमा सवारी चेकजाँचमा तीब्रता दिईएको छ । सवारी चालक अनुमपति पत्र तथा सवारी धनी कागजपत्र रुट पर्मिट साथमा नभएको लगाएतका विभिन्न ट्राफिक नियम उल्लघन गर्ने सवारी साधनलाई कडाइका साथ चेकजाच गरी कार्वाही गरेको यातायात व्यवस्था कार्यालय डडेल्धुराका मेकानिकल सुपरबाईजर प्रबिन भटट जनाएको छन । उनले भने डडेल्धुरा सदरमुकाममा चल्ने अटो रिक्साहरले मनलाग्दि भाडा लिईरहेका र उनिहरुले नगरपलिका बाट लिने रुट परमिट पनि नबिकरण पाईएको भटटले बताए ।
यस्तै सुदुरपश्चिम प्रदेशका सात पहाडि जिल्ला लाई तराईका जिल्ला जोडने मुख्य राजमार्ग भिमदत्त राजमार्ग, दशरथ चन्द राजमार्ग,के आई सिह राजमार्गका साथै ग्रामिण सडकमा चल्ने सवारी साधनहरु क्षमताभन्दा बढी यात्रु राखेर भाडादर नराखी सवारी साधन चलाउने चाडपर्वका बेला यात्रुहरुलाई यात्रा गर्न सहज होस भन्ने उदश्याले सवारी चेकजाचमा कडाई गरेको उग्रतारा सार्वजनीक यातायात डडेल्धुराका ईन्र्चाज तेजबहादुर ऐरको भनाई छ ।
दिनप्रति दिन राजमार्गहरुमा सवारीको चाप बडि रहेका बेला चाडपर्व लक्षित मात्रै सवारी चेकजाँचलाई कडाइ नगरि यसलाई निरन्तरता दिन जरुरी देखिन्छ ।