डडेल्धुरा । सुदूरपश्चिमाञ्चल साहित्य समाजका महासचिव गणेश नेपाली सम्मानित हुनु भएको छ । श्री प्रतिभा पुस्तकालय अत्तरियाको साधारण सभाले मंगलवार महासचिव गणेश नेपालीलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथीमा रहनु भएका पूर्व मन्त्री लेखराज भटट्ले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
सानै देखि कविता लेखनमा रुचि राख्दै आएका सुदूरपश्चिमाञ्चल साहित्य समाजका महासचिव गणेश नेपालीले कक्षा ७ मा पढदै गर्दा कविता लेख्न सुरुगर्नु भएको थियो । २०४२ सालदेखी कविता लेख्नसुरु गरेका महासचिव नेपालीका प्रकाशित कृती कविता संग्रह कसन र गजल संग्रह एकलव्य रहेका छन ।
कथा पनि लेख्दै आएका महासचिव गणेश नेपालीका पत्रपत्रिकामा पनि दर्जनौ लेखहरु प्रकासित भएका छन । महासचिव नेपालीले अहिले सम्म पनि अनवरत रुपमा साहित्यको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । दर्जनौ कविता लेख्नु भएका साहित्य समाजका महासचिव नेपालीलाई विगतका दिनमा पनि विभिन्न संघ संस्थाहरुले सम्मान गर्दै आएका छन ।