पूर्वराजा ज्ञानेन्द्रले निर्मलनिवासमा सर्वसाधारणलाई टीका लगाइदिए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन ।

शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन ।

पूर्वराजाको हातबाट नायिका मनीषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएका छन  ।
दशैंको मुख्‍य दिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका लगाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनसम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।

Loading...