पोखरा। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ।
कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय पुरा भएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो। आज उनलाई म्याद थपकालागि अदालतमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।
लामिछानेलाई आज दोस्रोपटक म्याद थपकालागि अदालत उपस्थित गराइदैछ । उनिमाथी अरु अनुसन्धानको प्रक्रिया भइरहेको छ। लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए। सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जोशीलाई पनि आज म्याद थपकालागि अदालत उपस्थित गराइदैछ ।