बझाङ : बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा १७० मतको मतान्तरले विजयी भएका छन ।
काँग्रेस उम्मेदवार पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् भने, नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्रै प्राप्त गरे ।
कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो। १७ मत बदर भएका छन ।
यो वडामा यस अघिको निर्वाचनमा एमालेले जितेको थियो। वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।
यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।