काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पि.एल.)को इलिमिनेटर अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर स्थित त्रि.वि. क्रिकेट मैदानमा भएको उक्त खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।
कर्णालीका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे । बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट लिए ।
यस खेलको विजेता क्वालिफायर टु मा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ ।