काठमाडौं। स्वास्थ्य परीक्षणका लागि भारतमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार (आज) स्वदेश फिर्ता हुने भएकी छिन ।
मन्त्री राणा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज साँझ स्वदेश फर्कन लागेकी हुन ।
उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन । युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्य परीक्षणका लागि गएका कारण यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम थिएन।