भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका

काठमाडौँ । भक्तपुरमा बाबुछोरा मृतअवस्थामा फेला परेका छन । सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन ।

उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

फिकाधारास्थित एक पक्की घरमा २ व्यक्ति बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र प्रहरी वृत ठिमीबाट प्रहरी टोली घटनास्थलामा पुगेको थियो । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।

Loading...