धनगढीमा २ जना लागूऔषधसहित पक्राउ

धनगढी। कैलालीको धनगढीमा २ जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ मनेहराबाट धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २५ वर्षीय नितेश ओली ५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका हुन ।

यसैगरी धनगढी उपमहानगरपालिका–१० घुइयाघाटबाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोर १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन । यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको छ ।

Loading...