लागुऔषधको दलदलमा फस्दै सुदूरपश्चिममा युवा, एकैदिन १३ जना पक्राउ

धनगढीः सुदूरपश्चिममा धेरै युवाहरु लागुऔषधको दलदलमा फस्न थालेका छन्। खराब संगत र परिवारको बेवास्ताका कारण लागुऔषधको दलदलमा फस्ने युवाको संख्या बढ्दै गएको हो। शुक्रबार मात्रै एकैदिन सुदूरपश्चिममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन्। कैलालीबाट १०, कञ्चनपुरबाट एक र डडेल्धुराबाट २ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ३४ वर्षीय मोहन रानालाई पक्राउ गरिएको छ। रानाले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको हेण्डलभित्र लुकाइ राखेको ६ ग्राम १८० मिलिग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो। यस्तै धनगढी उपमहानगरपालिका–१० घुइयाँघाटबाट धनगढी–७ का २५ वर्षीय प्राभुपन रानाले चलाएको सुुदूरपश्चिम प्रदेश ०१–००९ प ५६२४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको भागमा लुकाइ राखेको अवस्थामा ८४० मिलिग्राम लागूऔषध मोटरसाइकल चालक राना र पछाडी सवार १ जना गरी २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी–२ त्रिनगर भन्सार चोकबाट सुदूरपश्चिम प्रदेश ०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा चालक धनगढी–१३ का का २९ वर्षीय बाहाली राना र स्कुटर पछाडी सवार धनगढी–६ का ३१ वर्षीय दिपक रानालाई ५ सय मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। यस्तै धनगढी–१३ झोलुङ्गेपुल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय प्रदिप राना र ३० वर्षीय अनिल रानालाई ८९० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ।

Loading...