डडेल्धुरामा गाेली हानी श्रीमतीको हत्या

डडेल्धुरा : डडेल्धुरामा श्रीमतीको हत्या गरेका आरोपमा एक श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर रहेका छन ।

डम्बरले घरायसी विवाद हुँदा आज (सोमबार) बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बीच दैनिक झैझगडा भइरहने गरेको थियो। डम्बरले रक्सी सेवन गरि गोली हानेको बताइन्छ ।

श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

Loading...