काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिच मंगलबार साँझ भेटवार्ता भएको छ ।
महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपा निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबिच गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ । समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लवले काठमाडौँ केन्द्रित भेटघाट बढाएको नेकपा स्रोतले बताएको छ ।