काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली आज (आइतबार) सुदूरपश्चिम आउने भएका छन ।सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओली सुदूरपश्चिम आउने भएका हुन । प्रधानमन्त्री आलीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभालाई सम्बोधन गर्ने बताइएको छ ।
यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए ।