पूर्व प्रधानमन्त्री देउवासहि काँग्रेस केन्द्रीय नेतृत्व धनगढीमा

धनगढी: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व धनगढी पुगेको छ ।

काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवासहितका नेताहरू धनगढी पुगेका हुन ।
काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी पुगेका छन । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य शशाङ्क कोइराला लगायतका नेताहरूको टोली धनगढी पुगेको बताए ।
नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय (विना) लगायतका नेताहरू आइतवार नै धनगढी पुगेको थियो । धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ ।
पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने छन । नेपाली काँग्रेसले सुदूरपश्चिमका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने भएको हो ।

Loading...