काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन ।
आज दिउँसो २ बजे पार्टी देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।
राजावादीहरुको प्रदर्शन, सरकारका काम लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।