राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

 

बैठकमा नवराज सुवेदीलाई अघि सारेर ‘राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेको विषयमा छलफल हुन लागेको हो । समितिको निर्देशक समितिमा रा.प्र.पा. अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि राखिएको छ ।
.
आफूसँग सल्लाहविना नै समिति बनाइएको र आफूलाई राखिएको भन्दै लिङ्देनले असन्तुष्टि जनाउदै नबस्ने घोषणा गरेका छन । रा.प्र.पा.का पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा र रवीन्द्र मिश्र पनि समिति छन ।

बैठकमा राजसंस्था पुर्नस्थापनका लागि हुने आन्दोलनको तयारीका विषयमा पनि छलफल हुने बताइएको छ ।

Loading...