डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जाना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एकजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका- २ घर भई हाल अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४५ वर्षीय मानबहादुर बोहरा रहेका छन ।
बोहराले तुफानडाँडामा एमबी (MB) मासु पसल सञ्चालन गर्दै आएका थिए ।

उनले बाख्रा काटिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो ।

उनको पसलबाट ३१.२२० किलोग्राम तौल भएको बाख्रा काटिरहेको अवस्थामा फेला पारेर बाख्रासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

इन्सपेक्टर बमका अनुसार बोहरालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

Loading...