दिपायल । रक्त नालीमा होइन नाडीमा बगाऔं’ भन्ने मूल नाराका साथ सन्त निरंकारी मण्डल शाखा डाेटिकाे आयोजनामा सनिवार रक्तदान कार्यक्रम भएको छ । निरंकारी सत्संग भवन दिपायल मा भएको सो कार्यक्रममा सेवादल लगाएत संन्त महापुरुषहरुले रगत दान गरेका छन ।
सन्त निरंकारी मण्डलले हरेक वर्ष ‘मानव एकता दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गर्दै आएको छ । शनिबार हुने बृहत सत्संगत कार्यक्रमको पूर्वसन्ध्यामा गरिएको सो कार्यक्रममा ईस्टेज डियुटि डडेल्धुराका संगत ईन्चार्ज बिमल जैरुकाे रहेकाे थियाे भने ।
संचालन धन बहादुर राेकायले गर्नु भएकाे थियाे । यस्तै रक्तदान शिविरमा गरियाकाे रक्त दिपायल पिपल्लामा रहेका सुजन हस्पिटलमा जम्मा गरिएकाे छ ।
सुजन हस्पिटलका ल्याप ईन्चार्ज माेहन कठायतका अनुसार दिपायल पिपल्लामा रहेका सन्त निरंकारी मिसनका महापुरुषले रक्तदान गरेर मानव सेवा गरिरहेकाे बताएका छन ।
सन्त निरंकारी मण्डलका तृतीय सदगुरु गुरुवचन सिंह जी महाराजको सन १९८० अप्रैल २४ का दिन दिल्लीस्थित आफ्नै निवासमा उग्रवादीहरुले हत्या गरेपछि उहाँको सम्झनामा यो कार्यक्रम मनाइदै आएको हो । सो हत्याकाण्डमा एकदर्जन भन्दा बढी निरंकारीहरुको हत्या भएको थियो ।
उहाँहरुको रगत त्यतिकै खेर गएको भन्दै वर्तमान सदगुरु हरदेवसिंह जी महाराजले अब रगत नालीमा होइन मानिसको नाडीमा रगत बगाउनु पर्छ भन्दै सोही दिनलाई मानव एकता दिवसका रुपमा हरेक वर्ष रक्तदान गर्दै मनाउने गरिएको हो ।
नेपालका विभिन्न जिल्लाका साथै विश्वका अनेक मुलुकहरुमा (२४ अपे्रल) का दिन मानव एकता दिवस मनाउनुकाे साथै रक्तदान कार्यक्रम गरिएकाे छ ।