रगत नालीमा हैन नाडीमा बगाउनु पर्छ भन्ने मुल नाराका साथ सुर्खेतकाे  बिरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न  

सुर्खेत । मानव एकता दिवसको अवसरमा सन्त निरंकारी सत्संग भवन बिरेन्द्रनगरमा आयोजित बृहत् रक्तदान शिविर, कार्यक्रममा कर्णाली प्रदेशका उधोग पर्यटन वन तथा बाताबरण मन्त्री माननिय सुरेश अधिकारी ज्युको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको छ ।

रगत नालीमा हैन नाडीमा बगाउनु पर्छ भन्न मुल नाराका साथ सुर्खेतकाे  बिरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे थियाे ।

उक्त कार्यक्रममा २०० जना सन्त महापुरुषले रक्तदान गर्न नाम लेखाएतापनी रेडक्रस साखा बिरेन्द्रनगरले हाल सिमित पिन्ट रगत मात्र संकलन गर्न सक्ने क्षमता भएको र केही दिनपछि पुन रगत संकलन गर्न आउने भनेपछी, महिला ४३ र पुरुष ६० गरि जम्मा १०३ रक्तदाता सन्त महापुरुषले रक्तदान गरेका छन ।

कार्यक्रम को बिशिस्ट अथितीको रुपमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नर बहादुर रावल, प्रदेश सभा सदस्य माननीय जानकी सिंह, र जिल्ला समन्वय सभापती गंगाराम सुनार रहनुभएको थियो ।

यस्तै अतिथिको रुपमा बिरेन्द्रनगर नपा वडा न १ का वडा अध्यक्ष दिनेश खत्रीको उपस्थिति थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी,बुद्धिजीवी व्यक्तित्व सहित अध्यात्मिक प्रेमी सन्तजनको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको सभापतिको रुपमा सुर्खेत जिल्ला प्रमुख महात्मा सहबिर थापा ले सेवा निभाउनुभएको थियो । साथमा माननीय मन्त्रीज्यु लगायत अथितिले निर्माणाधिन सत्संग भवनको समेत निरीक्षण गर्दै आफ्नो सुझाव सल्लाह व्यक्त गर्नुभयो ।

रक्तदान कार्यक्रम सम्पन्न भयपश्चात लगत्तै मानव एकता दिवसको अवसरमा बृहत् सत्संग कार्यक्रम मण्डलका केन्द्रिय अध्यक्ष आदरणीय महात्मा नर बहादुर रावल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । सत्संगमा विभिन्न स्थानबाट आउनुभएका करिब १००० जना सन्त महापुरुषको उपस्थिति रहेको थियो ।

सत्संग कार्यक्रम मा : तेज बहादुर बोहरा, कमला न्यौपाने, नबिना रेग्मी , बलभद्र पुरि , कविराज रेग्मी , राधा सुनार,सहबिर थापा, प्रसन्न बटाला, अर्जुन पार्की,लिलाराम पुरी लगायत महापुरुषले आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रम संचालन राजन रेग्मी ज्यु ले गर्नुभएको थियो ।

Loading...