नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । सोमबार विभिन्न जिल्लाका प्रमुख एसपीहरूलाई नयाँ स्थानमा स्थानान्तरण गरिएको हो ।

सर्लाहीको जिल्ला प्रहरी कार्यालयमा अनन्तराम शर्मा, पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा अनुपम श्रेष्ठ, र मधेश प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर, धनुषामा अमरेन्द्र बहादुर सिंहलाई सरुवा गरिएको छ ।

त्यस्तै, कञ्चनपुरको जिल्ला प्रहरी कार्यालयमा खड्क बहादुर खत्री, लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा ठाकुर प्रसाद पोखरेल र स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा दधिराम न्यौपानेको सरुवा गरिएको छ । गुल्मी जिल्लाको प्रहरी कार्यालयमा नारायण प्रसाद अधिकारीको सरुवा गरिएको छ ।

यी सरुवा नेपाल प्रहरी भित्रको प्रशासनिक कार्यलाई सुधार गर्न र प्रहरी प्रशासनको कार्यक्षमता बढाउनको लागि गरिएको बताइएको छ ।

 

Loading...